डा. गोविन्द केसीको अधिकांश मागमा सहमतिनजिक सरकार, अब के हुन्छ ?

लोकपथ
21
Shares

काठमाडौं । सरकार र अनशनरत डा.गोविन्द केसी पक्षबीच भएको वार्ता सकारात्मक भएको छ । दुवै पक्ष अधिकांश मागमा सहमतिनजिक पुगेका छन् ।

वार्तामा गेटास्थित सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका रजिस्ट्रारलाई हटाउने विषयमा लगभग सहमति बनेको बताइएको छ । साथै, विश्वविद्यालय ऐन संशोधन नभएसम्म उपकुलपति डा. सुनिलकुमार जोशीलाई यथावत् राख्ने विषयमा पनि छलफल भइरहेको छ ।

डा.केसी पक्षका वार्ता टोली सदस्य डा.अमृत जैसीका अनुसार अधिकांश विषयमा सहमतिनजिक पुगेकाले सोमबार बिहान १० बजे फेरि वार्ता हुनेछ ।

डा.केसी साउन ७ गतेदेखि कैलालीको धनगढीमा अनशनरत छन् । स्वास्थ्य अवस्था बिग्रिएपछि शनिबारदेखि उनलाई सेती प्रादेशिक अस्पतालमा चिकित्सकको निगरानीमा राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?