काठमाडौं । चलचित्र ‘बेहुली’को गीत ‘दिलमा ठाउँ छ’ सार्वजनिक भएको छ । भदौ २६ गतेदेखि प्रदर्शनमा आउने चलचित्रको गीत शुक्रबार सार्वजनिक गरिएको हो ।
गीतमा संगीतकार अर्जुन पोखरेलको शब्द तथा संगीत छ । अञ्जु पन्त, प्रशान्त सिवाकोटी र रवि ओडको स्वर रहेको छ ।
गीतको भिडियोमा चलचित्रका मुख्य कलाकार पारस बम ठकुरी ‘कुल ब्वाई’, दिव्या रायमाझी, शुसान्त कार्की र पदम तामाङ छन् ।
कार्यक्रममा गीत सार्वजनिक गर्दै संगीतकार तथा चलचित्रका समेत रहेका पोखरेलले गीत चलचित्रको प्रचारप्रसार र प्रवर्द्धनका लागि फरक स्वादमा तयार पारिएको बताए ।
सशान कँडेलको निर्देशन र माधव शर्माको लेखन रहेको यस चलचित्रमा पारस, दिव्या, सुशान्त र पदमसँगै सन्तोष बानियाँ, सरिता गिरी, विशाल पहारी, कर्मा लामालगायतको अभिनय छ ।
चलचित्रमा नरेन्द्र मैनालीको डीओपी र विकास दाहालको सम्पादन छ ।
द डिभाइन म्युजिक र सम्मान इन्टरटेन्मेन्टको संयुक्त प्रस्तुति रहेको यस चलचित्रमा अर्जुन पोखरेल प्रस्तुतकर्ता रहेका छन् । प्रताप शमशेर राणा निर्माता छन् । कार्यकारी निर्मातामा शंकर कोइराला र रमेश सिलवाल, सह–निर्माता दुर्गा खरेल र शिशिर श्रेष्ठ छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया