आपराधिक गिरोह र गुण्डागर्दी गर्नेहरुको हुने भयो भागाभाग, १ हजार ८७१ जनाको तीन पुस्ते प्रहरीको हातमा !

लोकपथ
231
Shares

काठमाडौं । काठमाडौंमा हुने विभिन्न प्रकारका अपराध तथा गुण्डागर्दी नियन्त्रणलाई प्रभावकारी बनाउन जिल्ला प्रहरी परिसर काठमाडौंले १ हजार ८ सय ७१ जना अपराधमा संलग्न व्यक्तिको तथ्यांक संकलन गरेको छ ।

बिहीबार जिल्ला प्रहरी परिसर काठमाडौंमा पत्रकार सम्मेलन गरी प्रवक्ता एसपी पवनकुमार भट्टराईले त्यसबारे जानकारी दिएका हुन् ।

उनका अनुसार विभिन्न आपराधिक गतिविधि र गुण्डागर्दीमा संलग्न व्यक्तिहरूको तीन पुस्तेसम्मको विवरण समेटिएको विवरण तयार गरिएको छ ।

कुनै आपराधिक घटना भएमा संदिग्ध व्यक्तिको छिटो पहिचान, खोजतलास तथा अनुसन्धानलाई सहज बनाउने उद्देश्यले यस्तो अभिलेख तयार गरिएको उनले बताए ।

प्रहरीले अभियुक्तहरूको आपराधिक इतिहास, संलग्न कसुरको प्रकृति तथा पटके अभियुक्तको अवस्थाका आधारमा छुट्टाछुट्टै वर्गीकरण गरी विवरण तयार पारेको जनाएको छ ।

प्रहरीका अनुसार यस्तो अभिलेखीकरणले अपराध अनुसन्धानलाई थप प्रभावकारी बनाउनुका साथै अपराध नियन्त्रण तथा कानुनी कारबाहीलाई पनि सहज बनाउने अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?