एकैदिन ५ हजार ८ सयले घट्यो सुनको मूल्य, चाँदी पनि घट्यो

लोकपथ
189
Shares

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । हिजो बिहीबारको तुलनामा सुन तोलामा  ५ हजार ८०० र चाँदी  १५५ ले घटेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला छापावाल सुनको मूल्य  दुई लाख ८५ हजार ५०० र त्यति नै परिमाणको सेतो धातुको भाउ  चार हजार ३५० निर्धारण भएको छ ।

 हिजो एक तोला छापावाल सुनको मूल्य  दुई लाख ९१ हजार ३०० र त्यति नै परिमाणको सेतो धातु  चार हजार ५०५ मा कारोबार भएको थियो । 

गत बुधबार एक तोला छापावाल सुनको मूल्य  दुई लाख ९१ हजार र त्यति नै परिमाणको सेतो धातुको भाउ चार हजार ४८० निर्धारण भएको थियो । 

गत मङ्गलबार प्रतितोला छापावाल सुनको मूल्य दुई लाख ८५ हजार ६०० र त्यति नै परिमाणको चाँदी चार हजार ३७० मा कारोबार भएको थियो । 

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अन्तर्राष्ट्रिय बजारमा आज एक औँस सुन चार हजार ४५ र चाँदी ५७ अमेरिकी डलरमा कारोबार भइरहेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?