काठमाडौं । कृषि, वन तथा पर्यावरण मन्त्रालयले धान रोपाइँको मुख्य सिजनलाई लक्षित गर्दै रासायनिक मलको आपूर्ति निरन्तर भइरहेको जनाएको छ ।
मन्त्रालयका अनुसार सोमबार २५० मेट्रिकटन डिएपी मल विराटनगर भन्सार आइपुगेको छ । यस्तै, थप १ हजार २५० मेट्रिकटन डिएपी बोकेको अर्को रेल र्याक मंगलबार रक्सौल आइपुग्नेछ ।
यसैगरी, कोलकाताबाट २ हजार ५०० मेट्रिकटन डिएपी मल बोकेको अर्को रेल र्याक नेपालतर्फ प्रस्थान गरिसकेको कृषि मन्त्री गीता चौधरीले जानकारी दिइन् ।
मन्त्री चौधरीका अनुसार ३० हजार मेट्रिकटन युरिया मल ढुवानीको प्रक्रिया पनि अन्तिम चरणमा पुगेको छ । धान रोपाइँको समयमा किसानलाई मल अभाव हुन नदिन मन्त्रालयले आपूर्ति व्यवस्थापनलाई प्राथमिकतामा राखेको जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया