पुँजी बजार र बीमा क्षेत्रका प्रतिनिधिसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

लोकपथ
28
Shares

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आज पुँजी बजार, धितोपत्र व्यवसाय र बीमा क्षेत्रका प्रतिनिधिहरूसँग छलफल गर्ने भएका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा दिउँसो १२ बजे छलफल गर्न लागेका हुन् ।

बैठकमा सेबोनका अध्यक्ष गोपाल भट्ट, नेप्सेका अध्यक्ष अमृत लम्साल, स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकाल, नासा सेक्युरिटिजका सन्दीप जलानलगायत सहभागी हुने जनाइएको छ ।

त्यस्तै, नेप्सेका पूर्वप्रमुख कार्यकारी अधिकृत सीताराम थपलिया, नेपाल लाइफ इन्स्योरेन्सका प्रमुख नवराज सिलवाल, नागरिक स्टक डिलरका प्रमुख कार्यकारी अधिकृत महेश्वरलाल श्रेष्ठसहित अन्य विज्ञहरू पनि बैठकमा उपस्थित हुनेछन् ।

छलफलमा नेपालको पुँजी बजारको अवस्था, धितोपत्र र बीमा क्षेत्रलाई अझ बलियो बनाउने उपाय, नीतिगत सुधार तथा अर्थतन्त्रसँग सम्बन्धित समसामयिक विषयमा छलफल हुने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?