बढ्यो सुनचाँदीको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?

लोकपथ
280
Shares

काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ८ सय रुपैयाँले बढेको हो ।

अघिल्लो दिन २ लाख ८४ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेर २ लाख ८४ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । महासंघका अनुसार आज चाँदी प्रतितोला ५५ रुपैयाँले बढेको हो ।

मंगलबार ४ हजार ३ सय ६० रुपैयाँमा कारोबार भएको चाँदी आज प्रतितोला ५५ रुपैयाँले बढेर ४ हजार ४ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?