काठमाडौं । FOTON ले देशका विभिन्न ५ स्थानमा फोटोन टोटल केयर सिल्ड सर्भिस पोइन्ट (FOTON Total Care Shield Service Point) सञ्चालनमा ल्याएको छ ।
कम्पनीले दाङको भालुवाङ, बागलुङ, सर्लाहीको लालबन्दी, रौतहतको चपुर र सिराहको लहानमा टोटल केयर सर्भिस पोइन्ट खडा गरी बिक्रीपछिको सेवा नेटवर्कलाई थप सुदृढ बनाएको हो ।
यस विस्तारसँगै फोटोनको देशव्यापी बिक्रीपछिको सर्भिस नेटवर्क २१ भन्दा बढी स्थानमा पुगेको छ । यसबाट देशभरका ग्राहकले भरपर्दो तथा स्थानीयस्तरमै उपलब्ध विद्युतीय सवारीसाधनको मर्मतसम्भार र प्राविधिक सहायता थप सहज रूपमा प्राप्त गर्न सक्ने कम्पनीको विश्वास रहेको छ ।
नयाँ स्थापना गरिएका Shield Service Point हरूले सम्बन्धित क्षेत्र तथा आसपासका स्थानमा रहेका फोटोनका ग्राहकलाई छिटो र सुविधाजनक सेवा प्रदान गर्नेछन् ।
भरपर्दो सवारीसाधन र समयमै उपलब्ध हुने बिक्रीपछिको सेवामा दैनिक सञ्चालन निर्भर रहने शैक्षिक संस्था, लजिस्टिक्स व्यवसायी तथा व्यावसायिक सवारीसाधन सञ्चालकका लागि यो विस्तार विशेष महत्वपूर्ण हुने विश्वास रहेको कम्पनीले जनाएको छ ।
FOTON Total Care Network मार्फत ग्राहकले नियमित मर्मतसम्भार, सवारीसाधनको प्राविधिक परीक्षण, मर्मत तथा वारेन्टी सहयोग लगायत सेवा प्राप्त गर्नेछन् । नयाँ Service Point हरू FOTON का विद्युतीय सवारीसाधनका लागि आवश्यक विशेष मष्बनलयकतष्अक उपकरण, तालिमप्राप्त ईभी प्राविधिक तथा फोटोनका जेन्यून स्पेयर पाट्र्ससहित सञ्चालनमा ल्याइएका छन् ।
नेपालमा विद्युतीय सवारीसाधनको प्रयोग बढ्दै जाँदा दक्ष तथा योग्य ईभी मर्मत सेवाको पहुँच पनि उत्तिकै महत्त्वपूर्ण बन्दै गएको छ । प्रमुख शहरी क्षेत्रबाहिर समेत सेवा विस्तार गर्दै फोटोनले सवारीसाधनको सुरक्षा र विश्वसनीयता बढाउने, सवारीसाधनको आयु लम्ब्याउने तथा बिक्रीपछिको सेवा लिन ग्राहकले लामो दूरि यात्रा गर्नुपर्ने अवस्था घटाउने लक्ष्य राखिएको बताइएको छ ।
सवारीसाधन सञ्चालनमा अवरोध आउने समय र सञ्चालन खर्च घटाउनु फोटोन टोटल केयर कार्यक्रमको प्रमुख उद्देश्य रहेको कम्पनीले स्पष्ट पारेको छ ।
फोटोनका ती पोइन्टहरु दुर्गम, अर्धेशहरी तथा क्षेत्रीय बजारमा आधिकारिक सेवा केन्द्रका रूपमा सञ्चालन हुनेछन् । यी केन्द्रहरूले एउटै मापदण्डको गुणस्तरीय सेवा र सहज पहुँचयुक्त बिक्रीपछिको सहायता प्रदान गर्ने कम्पनीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया