नेपाल टेलिकम बिलिङ ठेक्का प्रकरण : सुनिल पौडेलसहित १८ जनाले पाए सफाइ

लोकपथ
84
Shares

काठमाडौं । विशेष अदालतले नेपाल टेलिकमको बिलिङ ठेक्कासम्बन्धी भ्रष्टाचार मुद्दामा कम्पनीका तत्कालीन प्रबन्ध निर्देशक सुनिल पौडेलसहित १८ जना आरोपितलाई सफाइ दिएको छ ।

विशेष अदालतका न्यायाधीशद्वय नारायणप्रसाद पौडेल र विदुर कोइरालाको संयुक्त इजलासले बिहीबार उक्त मुद्दामा फैसला सुनाउँदै सबै १८ जना आरोपितलाई सफाइ दिएको हो ।

विशेष अदालतका प्रवक्ता कृष्णशरण लामिछानेका अनुसार इजलासले अभियोजन पक्षले प्रस्तुत गरेका प्रमाणका आधारमा आरोप पुष्टि हुन नसकेको निष्कर्षसहित सफाइ दिएको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल टेलिकमको बिलिङ प्रणाली खरिद तथा ठेक्का प्रक्रियामा अनियमितता भएको आरोप लगाउँदै तत्कालीन प्रबन्ध निर्देशक सुनिल पौडेलसहित १८ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

विशेष अदालतको पछिल्लो फैसलासँगै उक्त मुद्दामा आरोपित सबैले सफाइ पाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?