आइएमई लाइफद्वारा बीमितलाई केवाईसी अद्यावधिक गर्न आग्रह

लोकपथ
7
Shares

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना बीमितलाई ग्राहक पहिचान विवरण (केवाईसी) अद्यावधिक गर्न आग्रह गरेको छ ।

कम्पनीले प्रचलित सम्पत्ति शुद्धीकरण, आतंककारी कार्य तथा आम विनाशकारी हातहतियार निर्माण वा विस्तारमा हुने वित्तीय लगानी निवारणसम्बन्धी निर्देशनअनुसार सबै बीमितको केवाईसी विवरण अद्यावधिक गर्न अनुरोध गरेको जनाएको छ ।

कम्पनीका अनुसार बीमितले आफूलाई पायक पर्ने कम्पनीको जुनसुकै शाखा कार्यालयमा स्वयम् उपस्थित भई केवाईसी अद्यावधिक गर्न सक्नेछन् ।

साथै, कम्पनीको वेबसाइटबाट केवाईसी फाराम डाउनलोड गरी आवश्यक विवरण भरेपछि इमेल वा ह्वाट्सएपमार्फत पनि पेश गर्न सकिने व्यवस्था गरिएको छ ।

कम्पनीले बीमितलाई समयमै केवाईसी अद्यावधिक गरी सेवा प्रवाहलाई सहज बनाउन सहयोग गर्न अनुरोध गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?