एआई फिचरसहित इन्फिनिक्स हट ७० नेपालमा, मूल्य कति ?

लोकपथ
0
Shares

काठमाडौं । इन्फिनिक्सले नेपाली बजारमा नयाँ स्मार्टफोन ‘हट ७०’ सार्वजनिक गरेको छ ।

कम्पनीले एआई (कृत्रिम बुद्धिमत्ता) आधारित विभिन्न स्मार्ट फिचरसहित ‘इन्फिनिक्स हट ७०’ सार्वजनिक गरेको हो

नयाँ स्मार्टफोनमा १२० हर्ज रिफ्रेस रेट भएको ६.७८ इन्चको अल्ट्रा–ब्राइट डिस्प्ले, मिडियाटेक हेलियो जी१०० अल्टिमेट प्रोसेसर, ६ हजार एमएएच ब्याट्री तथा ४५ वाट फास्ट चार्जिङ सुविधा समावेश गरिएको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार हट ७० दुई भेरियन्टमा उपलब्ध हुनेछ । ६ जीबी र्याम र १२८ जीबी स्टोरेज भएको मोडलको मूल्य ३१ हजार ९९९ रुपैयाँ तथा ८ जीबी र्याम र १२८ जीबी स्टोरेज भएको मोडलको मूल्य ३४ हजार ९९९ रुपैयाँ तोकिएको छ ।

यो स्मार्टफोन थर्मो अरेन्ज, क्वाइट भायोलेट, ग्रीन टेक्स्चर, नाइट पल्स, सिल्भर डान्सर र डाइभ ब्लु गरी ६ वटा आकर्षक रङमा उपलब्ध हुनेछ ।

कम्पनीका अनुसार हट ७० मा फ्ल्यासमेमो, माइन्डहब, एआई सर्च, एआई थिम जेनेरेटर, एआई सजेसन्स, एआई इरेजर, एआई एक्सटेन्डर, सङ रिकग्निसन, स्क्यान टु डक तथा फोल्याक्स एआई असिस्टेन्टलगायतका एआई सुविधाहरू समावेश गरिएका छन्, जसले प्रयोगकर्ताको दैनिक कामलाई अझ सहज र स्मार्ट बनाउने दाबी गरिएको छ ।

फोनमा रहेको मिडियाटेक हेलियो जी१०० अल्टिमेट प्रोसेसरले गेमिङ, मल्टिटास्किङ, भिडियो स्ट्रिमिङ तथा दैनिक प्रयोगमा सहज र छिटो कार्यसम्पादन गर्ने कम्पनीको भनाइ छ । साथै, ७२ महिनासम्मको फ्लुएन्सी सर्टिफिकेसन प्राप्त भएकाले लामो समयसम्म पनि सहज प्रदर्शन कायम रहने दाबी गरिएको छ ।

हट ७० मा १२० हर्ज रिफ्रेस रेट तथा अल्वेज–अन डिस्प्ले सुविधा उपलब्ध छ, जसले स्क्रोलिङ, गेमिङ र भिडियो हेर्ने अनुभवलाई थप सहज बनाउने कम्पनीले जनाएको छ ।

फोनमा ६ हजार एमएएच क्षमताको ब्याट्री रहेको छ, जसलाई ४५ वाट फास्ट चार्जिङ प्रविधिबाट छिट्टै चार्ज गर्न सकिन्छ । गेम खेल्दा तापक्रम नियन्त्रण गर्न तथा ब्याट्रीको आयु बढाउन बाइपास चार्जिङ सुविधा पनि समावेश गरिएको छ ।

फोटोग्राफीका लागि फोनमा ५० मेगापिक्सेलको एआई रियर क्यामेरा र ८ मेगापिक्सेलको फ्रन्ट क्यामेरा राखिएको छ । साथै लाइभ फोटो, एआई इरेजर र एआई एक्सटेन्डरजस्ता फिचरले फोटो खिच्ने अनुभवलाई थप आकर्षक बनाउने कम्पनीको दाबी छ ।

सुरक्षातर्फ हट ७० मा आईपी६५ डस्ट तथा वाटर रेसिस्टेन्स, एसजीएस फाइभ–स्टार ड्रप रेसिस्टेन्स प्रमाणपत्र तथा मिलिटरी–ग्रेड ड्युराबिलिटी प्रदान गरिएको कम्पनीले जनाएको छ।

सफ्टवेयरतर्फ कम्पनीले पाँच वर्षसम्म सुरक्षा तथा सफ्टवेयर अपडेट र छनोट गरिएका भेरियन्टमा तीनपटकसम्म एन्ड्रोइड अपरेटिङ सिस्टम अपग्रेड उपलब्ध गराउने जनाएको छ ।

ग्राहकलाई खरिद सहज बनाउन शून्य प्रतिशत ब्याजदरमा ईएमआई सुविधा पनि उपलब्ध गराइएको छ । यसका लागि नेपाली नागरिकता वा राष्ट्रिय परिचयपत्रका आधारमा आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।

इन्फिनिक्स हट ७० देशभरका आधिकारिक इन्फिनिक्स विक्रेता तथा स्मार्टफोन बिक्री केन्द्रमार्फत उपलब्ध हुने कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?