काठमाडौं । नेपाल राष्ट्र बैंकले ठूला विद्युतीय (इलेक्ट्रिक) सवारीसाधन किन्न ऋण लिन अझ सहज बनाउने भएको छ ।
आगामी आर्थिक वर्षको मौद्रिक नीतिमार्फत केन्द्रीय बैंकले ठूला विद्युतीय सवारीसाधनका लागि कर्जा–मूल्य अनुपात (Loan to Value Ratio) बढाउने व्यवस्था गरेको हो ।
हाल विद्युतीय सवारीसाधन किन्दा सवारीको कुल मूल्यको ६० प्रतिशतसम्म मात्रै बैंकबाट ऋण पाइन्छ । बाँकी ४० प्रतिशत रकम भने खरिदकर्ताले आफैँ व्यवस्था गर्नुपर्छ ।
नयाँ व्यवस्थापछि ठूला विद्युतीय सवारीसाधन खरिदका लागि बैंकबाट अहिलेसम्मभन्दा बढी ऋण लिन सकिने छ, जसले व्यवसायी र यातायात क्षेत्रलाई राहत पुग्ने अपेक्षा गरिएको छ ।
यस्तै, जनजी आन्दोलनबाट प्रभावित उद्योग तथा व्यवसायमा प्रयोग भइरहेका सवारीसाधन वा ढुवानीका साधन क्षति भएर नयाँ सवारी किन्नुपर्ने अवस्थामा भने सवारीको मूल्यको ८० प्रतिशतसम्म ऋण उपलब्ध गराउन सकिने व्यवस्था यथावत राखिएको राष्ट्र बैंकले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया