काठमाडौं । नेकपा एमालेका पूर्वसांसद लक्ष्मी महतो कारागार चलान भएका छन् । महोत्तरीको गौशालाबाट हिजो पक्राउ परेका उनलाई प्रहरीले आज शुक्रबार जिल्ला प्रहरी कार्यालय महोत्तरीमा पेस गरेकोमा अदालतको आदेशमा उनलाई कैद भुक्तानका लागि जलेश्वर कारागार चलान गरिएको हो ।
दोस्रो मधेश आन्दोलनको बेला सशस्त्र प्रहरीका असई थमन विक हत्या प्रकरणमा महोत्तरी जिल्ला अदालतले उनलाई सफाइ दिएको थियो । तर उच्च अदालत जनकपुरले पाँच वर्ष कैद सजाय सुनाएको थियो । यसपछि प्रहरीले उनलाई पक्राउ गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?





प्रतिक्रिया