लागुऔषध मुद्दाका फरार प्रतिवादी १७ वर्षपछि पक्राउ

लोकपथ
0
Shares

काठमाडौं । अवैध लागुऔषध (खैरो हेरोइन) मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले १७ वर्षपछि पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा नुवाकोटका साविक खानीगाउँ गाविस-३ घर भइ हाल काठमाडौंको टोखा बस्दै आएका ३८ वर्षीय मनिल सिटौला रहेका छन् ।

उनलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले शुक्रबार बबरमहल क्षेत्रबाट पक्राउ गरेको हो ।

०६७ साल असार १ गते पर्सा जिल्ला अदालतले लागुऔषध मुद्दामा सिटौलालाई दोषी ठहर गरेको थियो । उनलाई ५ वर्ष कैद र ५ हजार जरिवाना तोकिएको थियो ।

त्यस समयमा फरार रहेका सिटौलालाई आज पक्राउ गरी फैसला कार्यान्वयनका लागि सुन्धारास्थित जगनथादेवल कारागारमा पेस गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?