काठमाडौं । अमेरिकाले बोस्निया–हर्जगोभिनालाई २–० ले पराजित गर्दै विश्वकपको अन्तिम १६ मा स्थान बनाएको छ ।
खेलको पहिलो हाफमा फ्लोरियन बलुगनले ४४ औँ मिनेटमा गोल गर्दै अमेरिकालाई अग्रता दिलाए। उनले ३१ औँ मिनेटमै पनि गोल गरेका थिए तर अफसाइडका कारण मान्य भएन ।
दोस्रो हाफमा अमेरिका अझ आक्रामक देखियो ८१ औँ मिनेटमा मलिक टिलम्यानले अर्को गोल गर्दै स्कोर २–० बनाउँदै जित सुनिश्चित गरे ।
खेलका क्रममा क्रिस्टियन पुलिसिकको प्रहार पोस्टमा लागेर फर्किएको थियो । ६४ औँ मिनेटमा बलोगुनले रातो कार्ड पाएपछि अमेरिका १० खेलाडीमा सीमित भए पनि टोलीले खेल नियन्त्रणमा राख्न सफल भयो ।
अब अमेरिका अन्तिम १६ मा बेल्जियमसँग भिड्नेछ, जसले सेनेगललाई पराजित गर्दै अर्को चरणमा प्रवेश गरेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?






प्रतिक्रिया