काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो स्थापनाको २५औँ वार्षिकोत्सव मनाइरहेको गौरवमय अवसरमा अर्को ऐतिहासिक उपलब्धि हासिल गरेको छ ।
कम्पनीले ‘नेशनल बेस्ट प्रिजेन्टेड एनुअल रिपोर्ट अवार्ड–२०२५’ National Best Presented Annual Report Award–2025) अन्तर्गत Gold Award अन्तर्गत प्रतिष्ठित ‘गोल्ड अवार्ड’ (Gold Award) प्राप्त गरेको हो ।
नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान) द्वारा काठमाडौंस्थित होटल याक एण्ड यतीमा आयोजित एक विशेष समारोहका बीच उक्त अवार्ड नेपाल लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रवीण रमण पराजुली तथा नायब प्रमुख कार्यकारी अधिकृत अमित कुमार कयालले संयुक्त रूपमा ग्रहण गरेका हुन् ।
आर्थिक वर्ष २०८१–०८२ को वार्षिक वित्तीय प्रतिवेदनको उत्कृष्ट प्रस्तुति, वित्तीय पारदर्शिता, पर्याप्त खुलासा, नेपाल वित्तीय प्रतिवेदन मानहरू तथा अन्य लेखा मापदण्डहरूको प्रभावकारी पालनाका साथै संस्थागत सुशासनप्रतिको उच्च प्रतिबद्धतालाई मूल्याङ्कन गर्दै कम्पनीलाई यो सम्मान प्रदान गरिएको हो ।
यस अवार्डले नेपाल लाइफले वित्तीय जवाफदेहिता, पारदर्शिता तथा सुशासनलाई संस्थागत संस्कृतिका रूपमा आत्मसात गर्दै उत्कृष्ट अभ्यासलाई निरन्तरता दिइरहेको पुष्टि गरेको कम्पनीले जनाएको छ ।
अवार्ड ग्रहण गरेपछि सीईओ पराजुलीले यो सम्मान सम्पूर्ण नेपाल लाइफ परिवारका लागि गर्वको विषय भएको बताए । यसले कम्पनीलाई अझ उच्च स्तरको वित्तीय पारदर्शिता, सुशासन र उत्कृष्ट कार्यसम्पादनतर्फ अघि बढ्न थप जिम्मेवारी थपेको उनको भनाइ थियो । सीईओ पराजुलीले यस सफलताका लागि मार्गदर्शन प्रदान गर्ने सञ्चालक समितिका अध्यक्ष तथा सञ्चालकहरू, कम्पनीप्रति विश्वास व्यक्त गर्ने बीमित ग्राहकहरू, कम्पनीको सफलताका मेरुदण्डका रूपमा रहेका अभिकर्ताहरू, समर्पित कर्मचारीहरू, शेयरधनीहरू तथा नियामक निकायहरूप्रति आभार व्यक्त गरे ।
कम्पनीले २०८२ चैत मसान्तसम्मको तथ्याङ्कअनुसार हालसम्म ५२.४ लाखभन्दा बढी बीमालेख जारी गरी लाखौँ नेपाली परिवारलाई आर्थिक सुरक्षाको दायरामा ल्याइसकेको छ । २ खर्ब ६७ अर्बभन्दा बढीको विशाल जीवन बीमा कोष व्यवस्थापन गरिरहेको कम्पनीले हालसम्म १ खर्ब १३ अर्बभन्दा बढी दाबी भुक्तानी गरी आफ्ना बीमित तथा आश्रित परिवारप्रतिको प्रतिबद्धता व्यवहारमै प्रमाणित गरेको छ ।
राष्ट्रिय अर्थतन्त्रमा समेत महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको नेपाल लाइफले हालसम्म नेपाल सरकारलाई १७ अर्बभन्दा बढी राजस्व तथा कर प्रदान गरिसकेको छ । साथै, वित्तीय स्थायित्व, सुदृढ बजार स्थिति तथा वित्तीय दायित्व समयमै पूरा गर्ने उच्च क्षमताका आधारमा इक्रा नेपालबाट ‘डबल ए माइनस’ (AA-) क्रेडिट रेटिङ प्राप्त गर्ने यो नेपालकै पहिलो जीवन बीमा कम्पनी बनेको छ ।
नेपालका ७७ वटै जिल्लामा फैलिएका केन्द्रीय, प्रादेशिक, शाखा र उपशाखा गरी कुल १९७ वटा कार्यालयहरू तथा ६५ हजारभन्दा बढी सक्रिय अभिकर्ताहरूको बलियो सञ्जालका कारण नेपाल लाइफ नेपालीहरूको पहिलो रोजाइको जीवन बीमा कम्पनीका रूपमा स्थापित छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?






प्रतिक्रिया