बाजुराका सबै स्थानीय तहको बजेट सार्वजनिक

लोकपथ
35
Shares

बाजुरा । बाजुराका चार नगरपालिका र पाँच गाउँपालिकाका नगर उपप्रमुख र गाउँपालिकाका उपाध्यक्षले आर्थिक वर्ष २०८३र८४ का लागि बुधबार बजेट प्रस्तुत गरेका छन् ।

उक्त निकायले सदरमुकाम मार्तडीमा शिक्षा, कृषि, स्वास्थ्य र पूर्वाधारमा जोड दिँदै बजेट नगर तथा गाउँसभामा सार्वजनिक गरेका हुन् । बडीमालिका नगरपालिकाका उपप्रमुख नन्दाकुमारी थापाले आव २०८३र८४ का लागि रु ५१ करोड ६९ लाख १९ हजारको बजेट सभामा प्रस्तुत गरेकी छन् ।

बुढीगङ्गा नगरपालिकाकी उपप्रमुख माया खड्का ९कुँवर० ले आव २०८३र८४ का लागि रु ५६ करोड ५७ लाख १४ हजार बजेट सभामा पेस गरिन् ।

त्रिवेणी नगरपालिकाले रु ५४ करोड ९५ लाख ७२ हजारको बजेट सभामा प्रस्तुत गरेको छ । सभामा नगर उपप्रमुख कमलाकुमारी जैशी (न्यौपाने) ले चालुतर्फ ३५ करोड १८ लाख ४४ हजार र पुँजीगततर्फ रु १९ करोड ७७ लाख २८ हजार बजेट जाहेर गरेकी हुन् ।

त्यस्तै, बुढीनन्दा नगरपालिकाले पनि रु ५७ करोड छ लाख ९६ हजार बजेट सभामा प्रस्तुत गरेको छ । नगर उपप्रमुख रामबहादुर बोहराले चालुतर्फ रु ३७ करोड ९४ लाख ४८ हजार र पुँजीगततर्फ १९ करोड, आठ लाख ४८ हजार विनियोजन गरेका हुन् ।

हिमाली गाउँपालिकाका उपाध्यक्ष राजकला सार्कीले आव २०८३र८४ का लागि ४३ करोड ६८ लाख ३९ हजार बजेट पेस गरिन् । उनले पुँजीगततर्फ १८ करोड एक हजार र चालुतर्फ २५ करोड ६८ लाख २१ हजार प्रस्तुत गरेकी हुन् ।

यता, स्वामीकार्तिक खापर गाउँपालिकाका उपाध्यक्ष सुलोचनाकुमारी भण्डारी (बुढा) ले ४४ करोड १६ लाख दुई हजार बजेट गाउँसभामा प्रस्तुत गरेकी छन् ।

जगन्नाथ गाउँपालिकाले ३८ करोड ६३ लाखको बजेट प्रस्तुत गरेको छ । गाउँपालिकाले चालुतर्फ २३ करोड ६८ लाख १० हजार ५०० र पुँजीगततर्फ १४ करोड ९४ लाख ९० हजार ५०० विनियोजन गरेको छ ।

खप्तड छेडेदह गाउँपालिका उपाध्यक्ष विसुदेवीनाथले आव २०८३र८४ का लागि सभामा ५३ करोड १५ लाख ६९ हजारको बजेट पेस गरेकी छन् ।

त्यस्तै, गौमूल गाउँपालिकाका उपाध्यक्ष सीता थापाले आव २०८३र८४ का लागि ४० करोड ३१ लाख २९ हजार बजेट गाउँसभामा प्रस्तुत गरिन् । थापाले गाउँसभामा चालुतर्फ रु २८ करोड ६० लाख २७ हजार र पुँजीगततर्फ रु ११ करोड ७१ लाख दुई हजारको बजेट पेस गरेकी हुन् ।

सभामा प्रस्तुत गरिएका सबै स्थानीय तहका बजेटले शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार विकास, पर्यटन लगायतमा जोड दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?