बढ्यो सुनचाँदीको मूल्य

लोकपथ
175
Shares

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २ हजार रुपैयाँले बढेको हो ।

अघिल्लो दिन २ लाख ९९ हजार ९ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला २ हजार रुपैयाँले बढेर ३ लाख १ हजार ९ सयमा कारोबार भइरहेको छ ।

त्यस्तै , आज चाँदीको मूल्य पनि बढेको छ । महासंघमा अनुसार आज चाँदी प्रतितोला २० रुपैयाँले बढेको हो । सोमबार ४ हजार ९०५ रुपैयाँमा कारोबार भएको चाँदी आज २० रुपैयाँले बढेर ४ हजार ९२५ रुपैयाँमा कारोबार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?