काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले वर्तमान सरकारको कामकारबाहीप्रति असन्तुष्टि जनाउँदै अब जनताले ‘यस्तो सुशासन चाहिँदैन’ भन्ने अवस्था आएको बताएका छन् ।
सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले सुशासनको नाममा सत्तामा पुगेकाहरूको व्यवहार र गतिविधिमाथि प्रश्न उठाएका हुन् ।
उनले लेखेका छन्, ‘सुशासनको नारा दिएर सत्तामा आएकाहरूको काम र क्रियाकलापलाई नै सुशासनको मानक मान्ने हो भने अब जनताले भन्नुपर्ने अवस्था आयो ‘भो, यस्तो सुशासन चाहिँदैन ।’
पछिल्लो समय नेकपा (एमाले)ले प्रधानमन्त्रीको अभिव्यक्ति तथा सरकारका कामकारबाहीप्रति असन्तुष्टि जनाउँदै संसद्मा अवरोध गर्दै आएको छ ।
एमाले नेताहरूले सरकार सुशासन, पारदर्शिता र जिम्मेवारीको विषयमा असफल भएको आरोप लगाउँदै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया