काठमाडौं । सशस्त्र प्रहरी बल नेपालले मुस्ताङको कोरोला नाकाबाट भित्रिएका ७ सय ७४ वटा विद्युतीय गाडी नियन्त्रणमा लिएको छ ।
भन्सार छली गरेको आशंकामा जोमसोम, पर्वतको कुस्मा र कास्कीको हेम्जाबाट गएराति सशस्त्र प्रहरी बलले ती गाडीहरू नियन्त्रणमा लिएको हो ।
बजेट वक्तव्य सार्वजनिक हुनुअघि नै ती गाडी नेपाल भित्रिएको र विभिन्न जिल्लामा लैजान लागेको सूचना पाएपछि नियन्त्रणमा लिइएको जनाइएको छ । बजेट वक्तव्यमा करको दर हेरफेरको सूचना लिक भएपछि ती गाडी आयात गरिएको आशंका गरिएको छ । सशस्त्रका एकजना उच्च अधिकृतका अनुसार, ‘बिवाईडीलगायतका विद्युतीय गाडीहरू पनि रहेका छन् ।

गाडी नियन्त्रणमा लिनका लागि सशस्त्र प्रहरी बल नेपाल नं. ३३ गुल्म मुस्ताङ, म्याग्दी गुल्म, नं. २५ चण्डिका गण पर्वत, नं. २४ कालिका गण कास्कीबाट सुरक्षाकर्मी परिचालन गरिएको थियो ।
यसैगरी नुवाकोटको पासाङल्हामु सडकखण्डबाट समेत २ वटा गाडी नियन्त्रणमा लिइएको छ । नम्बर प्लेट बिनाका यी गाडीका कागजात भन्सारसँगको समन्वयमा जाँच गरिने भएको छ ।

नियन्त्रणमा लिइएका गाडीहरू आवश्यक अनुसन्धानका लागि सम्बन्धित निकायमा बुझाइने सशस्त्र प्रहरीका प्रवक्ता डीआईजी विष्णुप्रसाद भट्टले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया