नेपाल वायुसेवा निगममा ५ नयाँ सञ्चालक सदस्य नियुक्त, ७ दिनभित्र नियुक्ति लिन मन्त्रालयको आग्रह

लोकपथ
0
Shares

काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल वायुसेवा निगमको सञ्चालक सदस्यमा पाँच जनालाई नियुक्त गरेको छ ।

मन्त्रालयले रिक्त सदस्य पदका लागि गत वैशाख १२ गते सार्वजनिक सूचना निकालेर आवेदन माग गरेको थियो ।

आवेदन दिने २७ जनामध्ये शैक्षिक योग्यता, अनुभव, कार्ययोजना प्रस्तुतीकरण र अन्तर्वार्ताका आधारमा पाँच जना छनोट गरिएको मन्त्रालयले जनाएको छ ।

बिहीबार मन्त्रीस्तरीय निर्णयबाट नियुक्त भएका सदस्यहरूमा पोखराका डा.दिपक प्रसाद बास्तोला, भरतपुरका प्रविन भट्टराई, ललितपुरका महेश्वर भक्त श्रेष्ठ, काठमाडौंकी रुपा लामिछाने र स्याङ्जाका लिलाराज ढकाल रहेका छन् ।

मन्त्रालयका प्रवक्ता जयनारायण आचार्यका अनुसार नियुक्त भएका व्यक्तिहरूलाई निर्णय भएको मितिले सात दिनभित्र नियुक्तिपत्र लिन मन्त्रालयमा उपस्थित हुन भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?