स्याङ्जामा लिफ्टको बहानामा दुर्व्यवहार, युवक पक्राउ

लोकपथ
0
Shares

स्याङ्जा । मोटरसाइकलमा लिफ्ट दिने बहानामा महिलामाथि दुर्व्यवहार गरेको आरोपमा एक युवक पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार पक्राउ पर्नेमा पुतलीबजार नगरपालिका–९ का २० वर्षीय दिवस सुनार रहेका छन् ।

प्रहरीका अनुसार घटना पुतलीबजार–१ मालेबगरस्थित सार्वजनिक सडकमा मंगलबार बिहान करिब ७ बजे भएको हो । युवकले महिलालाई मोटरसाइकलमा लिफ्ट दिएका थिए । बाटोमै उनले महिलासँग फोन नम्बर मागेका थिए, तर महिलाले अस्वीकार गरेपछि उनले अश्लील व्यवहार गरेको उजुरीमा उल्लेख छ ।

घटनापछि खटिएको प्रहरी टोलीले भाग्दै गरेको अवस्थामा सुनारलाई नियन्त्रणमा लिएको थियो । हाल उनीविरुद्ध आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

प्रहरीले अपरिचित व्यक्तिबाट लिफ्ट लिँदा विशेष सावधानी अपनाउन, विशेषगरी महिलाहरूलाई सचेत रहन आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?