महाधिवेशनकैबिच निश्कल राईको एपेन्डिसाइटिसको अपरेशन, अस्पतालको शैयाबाटै मागे मत

लोकपथ
0
Shares

काठमाडौं । नेपाली कांग्रेसका सचेतक एवं १५औँ महाधिवेशनमा केन्द्रीय सदस्यका उम्मेदवार निश्कल राईले अस्पतालको शैयाबाटै मत मागेका छन् ।

बिहीबार एक्कासी एपेन्डिसाइटिसको समस्या देखिएपछि अस्पताल भर्ना भए । चिकित्सकको सल्लाहअनुसार तत्काल अपरेशन गरेपछि उनी आराम गरिरहेका छन् ।

महाधिवेशनको अन्तिम उम्मेदवार सूची अनुसार क्रम संख्या ४७ मा रहेका राईले खुलाबाट उम्मेदवारी दिएका छन् ।

उनले यस्तो अवस्थामा आफूप्रति देखाएको सद्भावप्रति आभार व्यक्त गरेका छन् ।

नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज बिहानबाट मतदान चलिरहेको छ । खुलामञ्च, राष्ट्रिय सभागृह र कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा मतदान चलिरहेको हो ।

२९७ सदस्यीय कार्यसमिति चयनका लागि भएको मतदानमा ८५० जना उम्मेदवार रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?