नेपालले ओमानलाई दियो २५७ रनको लक्ष्य

लोकपथ
0
Shares

काठमाडौं । ओपनर आशिफ शेखको अर्धशतक प्रेरित नेपालले आईसीसी क्रिकेट विश्वकप लिग–२ मा ओमानविरुद्ध २५७ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

मंगलबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा टस जितेर ब्याटिङ रोजेको नेपालले ओमानविरुद्ध निर्धारित ४९।४ ओभरमा सबै विकेट गुमाएर २५६ रन बनाएको हो ।

नेपालका निम्ति ओपनर आशिफ शेखले आशिफ शेखले ९४ रन बनाए । आशिफले ९७ बलमा सात चौका र ६ छक्का प्रहार गरे । आशिफले दोस्रो विकेटेको निम्ति अर्जुन कुमालसँग १२२ रनको शतकीय साझेदारी गरेका थिए ।


अर्जुन कुमालले ४८ रन बनाए । ८७ बल खेलेका अर्जुनले चार चौका प्रहार गरे । २७।५ ओभरमा क्याचआउट भएपछि यी दुईको शतकीय साझेदारी तोडिएको थियो ।अविजित रहेका आरिफ शेखले ४३ रन बनाए । उपकप्तान दीपेन्द्र सिंह ऐरीले ३३ र आरिफ शेखले गुल्सन झाले १७ रन बनाए । ओमानका नदिम खानले तीन विकेट लिए ।

शकिल अहमद र हस्नैन साहले समान दुई विकेट लिँदा जितेन रमानन्दी र आर्यन विस्टले समान एक विकेट लिए । यी दुवै टोली जितसहित लिग–२ अन्तर्गत ओमान, नेपाल र युनाइटेड अरब इमिरेट्स९ यूएई० सम्मिलित त्रिदेशीय श्रृंखला टुंग्याउने लक्ष्यमा छन् ।

तालिकाको सातौँ स्थानमा रहेको नेपालले प्रतियोगितामा १६ अंक जोडेको छ । नेपालले २३ खेल खेल्दा सात खेलमा जित र १४ खेलमा हार व्यहोरेको छ । दुई खेल भने रद्द भएको थियो । यता, ओमान १५औँ जितको खोजीमा छ । ओमान ३१ अंकका साथ तालिकाको तेस्रो स्थानमा छ । टोलीले २७ खेल खेल्दा १४ जित र १० हार व्यहोरेको छ ।

टोलीको तीन खेल भने रद्द भएको थियो । ओमान र नेपालको यो दोस्रो खेल हो । यसअघि श्रृंखलाअन्तर्गत भएको पहिलो खेलमा ओमानले घरेलु टोलीलाई डीएलएस प्रणालीका आधारमा १०२ रनले पराजित गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?