काठमाडौं । काठमाडौंको ठमेल, बौद्ध तथा ललितपुरका विभिन्न ठाउँमा सञ्चालनमा रहेका मसाज सेन्टरबाट ठूलो संख्या मानिसहरु पक्राउ परेका छन् ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले मसाज सेन्टरमै अनैतिक क्रियाकलाप हुने गरेको उजुरीका आधारमा एकैपटक २५८ जनालाई पक्राउ गरेको हो ।
जसमा २४० जना महिला र १८ जना पुरुष रहेको कार्यालयका एक उच्च अधिकारीले लोकपथलाई जानकारी दिए ।
उनका अनुसार ती स्थानका मसाज सेन्टरमा अनैतिक क्रियाकलाप हुने गरेको उजुरी परेको थियो ।
ती मसाज सेन्टरहरुमा मसाजका नाममा अनैतिक क्रियाकलाप गर्ने र अझ विदेशी पर्यटकहरुलाई बढी पैसा लिने नाममा ठगी गर्ने गरेका थिए ।
त्यसो त प्रहरीले मसाज सेन्टरमा हुने गरेको अनैतिक क्रियाकलापबारे बेलाबेला छड्के चेकिङ गर्ने गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया