प्रधानमन्त्रीलाई रक्षा बमले भनिन् : ‘ज्ञानको अहंकार नदेखाउनु’

लोकपथ
0
Shares

काठमाडौं । जेनजी अगुवा रक्षा बमले काठमाडौं प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ लाई लक्षित गर्दै नेतृत्वमा विनम्रता अपनाउन सुझाव दिएकी छन् ।

सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले जनताभन्दा कोही पनि बढी ज्ञानी नहुने भन्दै ज्ञानी जनताको अगाडि ज्ञानको अहंकार नदेखाउन आग्रह गरेकी हुन् ।

उनले नेपाललाई विश्व शान्तिको केन्द्र बन्न सक्ने मुलुकका रूपमा उल्लेख गर्दै शासनको शैली निर्देशन र बल प्रयोगमा आधारित हुन नहुने धारणा व्यक्त गरेकी छन् ।

‘विश्व शान्तिको केन्द्र बन्न सक्ने मुलुकमा शासनको शैली निर्देशन र बन्दुक हुनै सक्दैन,‘बमले लेखेकी छन्।

त्यस्तै, उनले नेतृत्वलाई ‘काँध थाप्ने’ र ‘छाती थाप्ने’ जस्ता अहंकारपूर्ण दृष्टिकोणबाट बाहिर निस्कन आग्रह गर्दै बुद्ध जन्मेको देशमा करुणा र समानुभूतिलाई आधार बनाएर जिम्मेवारी पूरा गर्नुपर्ने बताएकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?