अध्यक्ष लिङ्देनको टिप्पणी : ‘आस्था माथिको आक्रमण सम्पत्ति क्षतिभन्दा खतरनाक हुन्छ’

लोकपथ
49
Shares
फाइल फोटो

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले मानिसको सम्पत्ति भन्दा आस्था माथिको आक्रमण बढी खतरनाक हुने टिप्पणी गरेका छन् ।

सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले सुकुमबासी बस्ती तथा अतिक्रमित घरटहरा हटाउने सरकारको तयारी कमजोर भएको आरोप लगाएका हुन् ।

लिङदेनले सार्वजनिक स्थल खाली गर्ने नाममा हतारमा मन्दिर, विद्यालय र बुद्ध जयन्तीकै दिन बौद्ध गुम्बा समेत भत्काइएको भन्दै आपत्ति जनाएका छन् । उनका अनुसार मन्दिर, विद्यालय र गुम्बा जस्ता संरचना सार्वजनिक स्थलमै रहने विषय सामान्य बुझाइ हो ।

उनले लेखेका छन्, ‘कसैले आफ्नो छानो गुमेको दृश्य हेर्न नसकेर जीवन नै गुमाए । विकास जीवनका लागि हुनुपर्छ, जीवन विकासका लागि होइन ।’

लिङदेनले इतिहास, धर्म र परम्पराको संरक्षण गर्दै गरिने निरन्तर विकास मात्र दिगो र स्थिर हुने भन्दै सरकारले यसतर्फ ध्यान दिनुपर्ने सुझाव दिएका छन् । साथै, यस्तो प्रकारका कार्यमा पर्याप्त गृहकार्य नभएको उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?