आईसीसी विश्वकप लिग-२ : नेपालले यूएईविरुद्ध ब्याटिङ गर्दै

लोकपथ
0
Shares

काठमाडौं । नेपालले आईसीसी क्रिकेट विश्वकप लिग–२ मा युनाइटेड अरब इमिरेट्सविरुद्ध ब्याटिङ गर्ने भएको छ ।

शुक्रबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा टस जितेर नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहित पौडेलले यूएईलाई ब्याटिङको निम्तो दिए । खेलमा नेपाल सातौँ जितको लक्ष्यमा छ । तालिकाको सातौँ स्थानमा रहेको नेपालले २२ खेल खेल्दा १४ अंक जोडेको छ ।

नेपालले २२ खेल खेल्दा ६ जित र १४ हारसहित यो नतिजा आत्मसाथ गरेको हो । नेपालको दुई खेल भने रद्द भएको थियो । यूएई पनि सातौँ जितको खोजीमा हुनेछ । र, घरेलु टोलीविरुद्ध पहिलो खेलमा व्यहोरेको हारको बदला लिने दाउमा समेत यूएई हुनेछ ।

यसअघि भएको पहिलो खेलमा घरेलु टोलीले यूएईलाई ३५ रनले पराजित गरेको थियो । तालिकाको पुछारमा रहेको यूएईले समान २२ खेल खेल्दा १२ अंक जोडेको छ ।

यूएईले २२ खेल खेल्दा ६ जित र १६ हारसहित यो नतिजा आत्मसाथ गरेको हो । लिग–२ को सन् २०२३/२४–२०२७ श्रृंखलाको १००औँ खेल समेत रहेको यो खेल त्रिवि रंगशालामा केहीबेरमा सुरू हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?