काठमाडौं । त्रिभुवन विश्वविद्यालयका उपकुलपतिसहित तीनै जना पदाधिकारीले सामूहिक आज बिहीबार राजीनामा दिएका छन् ।
त्रिविका उपकुलपति प्रा.डा. दीपक अर्याल, शिक्षाध्यक्ष प्रा.डा. खड्ग केसी र रजिस्ट्रार प्रा.डा. केदार रिजालले राजीनामा दिएका हुन् ।
विश्वविद्यालयसम्बन्धी अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष पेस भइसकेको अवस्थामा सरकारलाई काम गर्न सहज वातावरण होस् भनेर उनीहरूले राजीनामा दिएका हुन् ।
सरकारले आह्वान गरेअनुसार नै आफूहरूले राजीनामा दिएको शिक्षाध्यक्ष प्रा.डा. खड्ग केसीले बताए ।
उनीहरू तीनै जना फरक फरक मितिमा त्रिवि पदाधिकारीमा नियुक्त भएका थिए । उपकुलपति अर्याल २०८२ असार २५ गते र शिक्षाध्यक्ष केसी र रजिस्ट्रार रिजाल २०८० चैतमा नियुक्त भएका थिए । त्रिविका अहिलेका पदाधिकारीहरूले त्रिवि सुधारमा काम गर्दै आएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया