टोखा नगरपालिकाद्वारा सार्वजनिक जग्गा खाली गर्न १५ दिने ‘अल्टिमेटम’

लोकपथ
0
Shares

काठमाडौं । टोखा नगरपालिकाले आफ्नो क्षेत्रभित्र रहेका सार्वजनिक तथा सरकारी जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचना हटाउन १५ दिने सूचना जारी गरेको छ ।

नगरपालिकाले नदी करिडोर, सार्वजनिक तथा सरकारी जग्गा अनधिकृत रूपमा कब्जा गरी निजी प्रयोजनमा प्रयोग गरिएका भौतिक संरचनाहरू हटाउन सम्बन्धित पक्षलाई निर्देशन दिएको हो ।

सूचनामा तोकिएको समयसीमाभित्र त्यस्ता संरचना नहटाइएमा प्रचलित कानूनअनुसार आवश्यक प्रक्रिया अगाडि बढाइने नगरपालिकाले जनाएको छ ।

नगरपालिकाले सार्वजनिक सम्पत्तिको संरक्षणमा सहयोग गर्न सबैलाई आग्रह पनि गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?