काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी स्थानीय तहको निर्वाचनका लागि उम्मेदवार छनोट प्रक्रियालाई पारदर्शी, समावेशी र योग्यतामा आधारित बनाउन गृहकार्य सुरु गरेको छ ।
पार्टीले सबै निर्वाचन क्षेत्र समितिहरूबाट उम्मेदवार छनोटको रूपरेखा निर्माणका लागि आधिकारिक रूपमा सुझाव माग गरेको हो ।
वैशाख ७ गते बसेको केन्द्रीय समिति बैठकले सह–महामन्त्री विपिनकुमार आचार्यको संयोजकत्वमा ७ सदस्यीय ‘स्थानीय निर्वाचन उम्मेदवार छनोट रूपरेखा तथा क्याण्डिडेट क्लब सम्पादन समिति’ गठन गरेको थियो । सोही समितिले वैशाख १४ गते बसेको बैठकबाट देशभरका समितिबाट सुझाव संकलन गर्ने निर्णय गरेको हो ।
रास्वपाले सबै क्षेत्रीय समितिहरूलाई आ–आफ्नो स्तरमा छलफल गरी व्यवहारिक र लागू गर्न सकिने सुझाव तयार पार्न निर्देशन दिएको छ ।
पार्टीले संघीय निर्वाचनको अनुभवका आधारमा आगामी स्थानीय चुनावमा उम्मेदवार छनोटलाई अझ वैज्ञानिक, विश्वसनीय र जनमुखी बनाउने लक्ष्य राखेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया