सुकुमबासी बस्तीबाट दशरथ रंगशाला, त्यसपछि मात्रै होटल र लजमा सुकुमबासी

लोकपथ
0
Shares

काठमाडौं । शनिबार बिहानैबाट सरकारले काठमाडौं उपत्यकाका विभिन्न स्थानका सुकुमबासीहरुको व्यवस्थापनको काम गरिरहेको छ ।

शनिबार बस्तीहरुमा डोजर चल्ने भएसँगै शुक्रबारबाटै कतिपय सुकुमबासीहरुले आ–आफ्नो सामानहरु सारिरहेका थिए ।

अहिले तत्काल स्थायी बसोबासको व्यवस्था नभए पनि सरकारले केही दिनमा स्थायी रुपमा बसोबास गराउने र अहिले तत्कालका लागि अस्थायी आवासको व्यवस्था मिलाइएको छ ।

शहरी विकासमन्त्री सुनिल लम्सालले अव्यवस्थित बस्तीबाट आएका सुकुमबासीहरुलाई तत्कालका लागि दशरथ रंगशालामा रंगशालामा अभिलेख संकलन गरिनेछ । साथै तत्कालका लागि सरकारले तोकेको होटल तथा लजमा लगिनेछ ।

‘तपाईंहरूको सामानको सुरक्षित व्यवस्थापन गरिनेछ । रंगशालामा अभिलेख राखेपछि सम्बन्धित लज तथा होटलमा यातायातसहित बसोबासको व्यवस्था मिलाईएको छ,’ उनले भने ।

साथै जोखिमयुक्त र सुकुमबासी बस्तीमा बसिरहेका नागरिकहरुको व्यवस्थापन सहज रुपमा व्यवस्थापन गरिएको मन्त्री लम्सालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?