काठमाडौं । काठमाडौंको थापाथलीस्थित सुकुमबासी बस्तीमा डोजर प्रयोग गरी टहरा भत्काउने क्रममा मुख्य खानेपानीको पाइप फुटेको छ ।
शनिबार बिहान भएको उक्त घटनाका कारण बालाजु, माइतीघर र एकान्तकुना क्षेत्रमा खानेपानी आपूर्ति प्रभावित भएको छ ।
पाइप मर्मतकार्यका लागि काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) ले यी तीन क्षेत्रका भल्भहरू बन्द गर्ने निर्णय गरेको छ ।
पाइपमा कति क्षति पुगेको छ भन्नेबारे यकिन भइसकेको छैन । डोजरले पाइपमा क्षति पुर्याएपछि बस्तीमा पानीको ठुलो भेल बगेको थियो, जसका कारण सुकुमबासी बस्तीका बासिन्दाले घरबाट निकालेका सामानहरू भिजेर नष्ट भएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया