सुकुमबासी समस्या दमन होइन, दीर्घकालीन समाधान र विकल्पबाट हल गर्नुपर्छ : देवराज चालिसे

लोकपथ
21
Shares

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सुकुमबासी समस्याको दीर्घकालीन समाधान आवश्यक रहेको भन्दै दमनको बाटो नअपनाउन सरकारलाई आग्रह गरेको छ ।

कांग्रेस प्रवक्ता देवराज चालिसेले जमिन र आवास हरेक नागरिकको मौलिक अधिकार भएको उल्लेख गर्दै यसलाई साझा राष्ट्रिय मुद्दाका रूपमा समाधान गर्नुपर्ने बताए । उनले सुकुमबासी को हो र को होइन भन्ने पहिचान गर्ने जिम्मेवारी सरकारको भएको र वास्तविक सुकुमबासीलाई व्यवस्थित गर्नु राज्यको दायित्व भएको स्पष्ट पारे ।

प्रवक्ता चालिसेले समस्याको समाधान गर्दा ‘ड्यु प्रोसेस अफ ल’ अर्थात् कानुनी प्रक्रिया अनिवार्य रूपमा पालना गर्नुपर्नेमा जोड दिए । अदालतको व्याख्या र कानुनको शासनलाई सम्मान गर्नुपर्ने उनको भनाइ थियो ।

उनले बल प्रयोगभन्दा विकल्प र व्यवस्थित उपायमार्फत समस्या समाधान गर्नुपर्ने उल्लेख गर्दै मानवअधिकारका दृष्टिले पनि दमन उपयुक्त नहुने चेतावनी दिए ।

कांग्रेसले भूमिहीन नागरिकलाई आवास र जमिन उपलब्ध गराउनु सरकारको जिम्मेवारी भएको दोहोर्‍याउँदै दीर्घकालीन नीति र योजनामार्फत समाधान खोज्नुपर्नेमा जोड दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?