विद्यार्थी संगठनमाथि प्रतिबन्ध गर्ने सरकारी घोषणाको विरोधमा कालो बेलुन उडाएर प्रदर्शन

लोकपथ
28
Shares

काठमाडौं । विद्यार्थी संगठनमाथि प्रतिबन्ध गर्ने सरकारी घोषणाको विरोधमा काठमाडौंमा कालो बेलुन उडाएर प्रदर्शन गरिएको छ ।

नेपाल विद्यार्थी संघ र अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले संयुक्त रूपमा राजधानीमा विरोध प्रदर्शन गरेको हो ।

विद्यार्थी नेताहरूले विद्यार्थी संगठनमाथिको प्रतिबन्धलाई अलोकतान्त्रिक र दमनकारी कदम बताएका छन् । नेपाल विद्यार्थी संघका केन्द्रिय सदस्य मात्रिका तिमिल्सिनाले मंगलबार शान्तिपूर्ण आन्दोलनमा सहभागी विद्यार्थीलाई हिरासतमा लिएको घटनाप्रति पनि आपत्ति जनाए । उनले सरकारले संगठनमाथि प्रतिबन्ध गर्ने घोषणा फिर्ता नलिए देशभर सशक्त आन्दोलन गर्ने चेतावनी समेत दिए ।

उनले भने, ‘सरकारले विद्यार्थी संगठनहरुमाथि प्रतिबन्धको घोषणा जुन पञ्चायतमा समेत भएन त्यसका विरुद्ध र नेपाल विद्यार्थी संघका केही साथिहरुले हिजो शान्तीपूर्ण आन्दोलन गर्दा उनीहरुलाई हिरासतमा राखेको छ । त्यसका विरुद्ध नेपाल विद्यार्थी संघ र अनेरास्ववियुले संयुक्त आन्दोलन शुरु गरेका छौँ । आजैदेखि हामी यो आन्दोलनलाई सशक्त रुपमा अगाडि बढाउनेछौँ । यो सरकार आफैँमा नालायक छ, लाचार छ । सरकारले मनोमानि गरिरहेका छन् । गृहमन्त्रीले रजगजमा शासन गर्छ । माफियाहरुलाई संरक्षण गरिरहेको छ ।’

सरकार मनोमानि ढंगले शासन सञ्चालन गरिरहेको समेत उनको आरोप छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?