काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महामन्त्रीमा भुपदेव साह मनोनीत भएका छन् ।
आज बसेको रास्वपा केन्द्रीय समिति बैठकले साहलाई महामन्त्रीमा मनोनीत गरिएको प्रवक्ता मनिष झाले जानकारी दिए ।
प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ को सारथीका रुपमा रहेका भुपदेव गत निर्वाचनमा पराजित भएका थिए । काठमाडौं महानगरमा बालेन मेयर रहँदैदेखि बालेनका मुख्य सारथी रहेका भुपदेवलाई एकैपटक रास्वपाको महामन्त्री बनाइएको छ ।
यता आज बसेको बैठकले सचिवालय सदस्यमा सागर ढकाल र सरिता ज्ञवाली मनोनीत भएका छन् ।
बैठकमा उनीहरुको नाम सभापति रवि लामिछानेले प्रस्ताव गरेका थिए । केन्द्रीय समितिको हलले उनीहरुको नाम अनुमोदन गरेको प्रवक्ता झाले जानकारी दिए ।
त्यस्तै आजको बैठकले संघीय नेतृत्व मञ्च र केन्द्रीय सल्लाहकार परिषद्मा सदस्यहरु समेत मनोनीत गरिएको छ ।
दुई महामन्त्रीको वैधानिक व्यवस्था रहेको रास्वपामा अर्का महामन्त्री कविन्द्र बुर्लाकोटी रहेका छन् । संस्थापक महामन्त्री डा. मुकुल ढकालले पार्टी परित्याग गरेसँगै बुर्लाकोटीलाई महामन्त्रीको जिम्मेवारी दिइएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया