राहदानीमै ‘रोजगारी प्रतिबन्ध’ लेख्ने अध्यागमनका कर्मचारीमाथि अनुसन्धान हुँदै

लोकपथ
84
Shares

काठमाडौं । भिजिट भिसामा संयुक्त अरब इमिरेट्स (यूएई) जाने नेपालीहरुको पासपोर्ट (राहदानी) मै ‘रोजगारीका लागि पूर्ण रुपमा प्रतिबन्ध’ लेख्ने कर्मचारीहरुमाथि कारबाही थालिएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन विभागका कर्मचारीले पासपोर्टमा प्रस्थान छापसँगै ‘Employment is strictly prohibited. Visit till 10/06/2026′ लेख्ने दुई अधिकृतहरुलाई कामबाट हटाइ अनुसन्धान अघि बढाइएको हो ।

कुनै पनि आधिकारिक निर्णय बिना नै प्रस्थान गर्दाकै बखत प्रस्थान छापसहित ‘रोजगारी पूर्ण रुपमा प्रतिबन्ध’ लेखिएको थियो ।

उक्त तथ्य बाहिरिएसँगै अध्यागमन विभागले वैशाख ३ गते छानबिन समिति गठन गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको विभागका निर्देशन एवं प्रवक्ता टीकाराम ढकालले जानकारी दिए ।

‘नेपाली नागरिकलाई शर्त तोकेर प्रस्थान अनुमति दिने अध्यागमन प्रशासनको कुनै नीति वा निर्णय नभएको हुँदा प्रचलित कानुन र विभागीय निर्णय बाहिर गई गैरकानुनी अभ्यास गर्ने दुई जना अध्यागमन अधिकृतहरुलाई अध्यागमन कार्यालय, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको जिम्मेवारीबाट हटाइ सो सम्बन्धमा आवश्यक छानबिन भइरहेको व्यहोरा अनुरोध गरिन्छ,’ ढकालद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?