पर्वतकी १४ वर्षीया किशोरी ८ दिनदेखि बेपत्ता, खोजी तीव्र

लोकपथ
63
Shares

काठमाडौं । पर्वत जिल्लाको मोदी गाउँपालिका–२ देउपुरकी १४ वर्षीया किशोरी रितिका जैसी विगत आठ दिनदेखि बेपत्ता भएकी छन् । उनी गत चैत २९ गते जलजला गाउँपालिका–७ धाइरिङस्थित मामाघरबाट घर फर्कने क्रममा हराएकी हुन् ।

प्रहरीका अनुसार किशोरीले मालढुंगा–बेनी सडकअन्तर्गत मिलनचोकबाट मोदी गाउँपालिकाको पातीचौर जाने सवारी साधन चढेको पुष्टि भए पनि त्यसपछि उनी सम्पर्कविहीन भएकी हुन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विजय यादवले किशोरीको खोजी कार्य तीव्र पारिएको जानकारी दिँदै सबै मातहतका प्रहरी युनिटलाई हुलियासहित खोजी गर्न निर्देशन दिइएको बताए ।

स्थानीय शिक्षक भूमिराज शर्माका अनुसार उनी पातीचौरमा नझरी पोखरा महानगरपालिका–२५ हेमजाको मिलनचोकमा झरेको देखिएको भए पनि त्यसपछिको अवस्था अज्ञात रहेको छ । करिब ३५ किलोमिटर टाढा झरेको जानकारी आए पनि हालसम्म कुनै पत्ता लाग्न सकेको छैन ।

किशोरी स्थानीय जननेत्र माध्यमिक विद्यालयमा कक्षा ८ उत्तीर्ण गरी कक्षा ९ मा भर्ना हुने तयारीमा थिइन् ।

परिवारले उनलाई देखेभेटेमा वा कुनै जानकारी भए नजिकको प्रहरी कार्यालयमा खबर गरी खोजीमा सहयोग गर्न सबैमा आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?