प्रधानमन्त्री बालेनको पूरानो र्‍याप ब्याटलविरुद्ध साइबर ब्यूरोमा उजुरी

लोकपथ
1.3k
Shares

काठमाडौं । वर्तमान प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ को पूरानो र्‍याप ब्याटलविरुद्ध साइबब्यूरोमा उजुरी परेको छ ।

बालेन प्रधानमन्त्री भएपछि पूरानो र्‍याप ब्याटलको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि त्यहाँ बोलिएका शब्दहरुका विषयमा आलोचना समेत भइरहेको छ ।

शुक्रबार उक्त भिडियोलाई लिएर लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायले साइबर ब्यूरोमा उजुरी दिएका हुन् ।

उक्त भिडियोमा प्रयोग भएका केही शब्द र सन्देशले महिला र लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायलाई अपमानित गर्ने, घृणा फैलाउने तथा हिंसा, बलात्कारलाई प्रोत्साहन गर्ने प्रकृतिको भएको भएको उनीहरूले बताएका छन् ।

लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायका सक्रिय सदस्य पवन राई (बाबु दुमी), विवेक मगर, मनिनन्द्र सिंह दनुवार र रोजी पुनले उजुरी दर्ता गराएकी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?