कम्बोडियाबाट अवैध रूपमा रहेका ४६ नेपालीको उद्धार

लोकपथ
21
Shares

काठमाडौं । थाइल्याण्डस्थित नेपाली राजदूतावासले अवैध रूपमा कम्बोडियामा बसिरहेका ४६ जना नेपालीको उद्धार गरी स्वदेश फिर्ता गरेको छ ।

विभिन्न प्रलोभनमा परेर विभिन्न माध्यमबाट कम्बोडिया पुगेका उनीहरूलाई त्यहाँ अवैध रूपमा सञ्चालन भएका अनलाइन स्क्यामिङ केन्द्र तथा क्यासिनोमा अनलाइन ठगीलगायत गैरकानुनी काममा लगाइएको पाइएको दूतावासले जनाएको छ ।

कतिपय नेपालीहरू भिसाविना वा भिसा अवधि सकिएपछि पनि त्यहीँ बसिरहेको अवस्थामा भेटिएको बताइएको छ ।

दूतावासका अनुसार चैत ३० र वैशाख १ गतेको बीचमा उनीहरूलाई उद्धार गरी नेपाल फर्काइएको हो ।

कम्बोडियामा पछिल्ला वर्षहरूमा रोजगारीको नाममा नेपाली जाने क्रम बढ्दै गएको तथ्याङ्कले देखाएको दूतावासले जनाएको छ ।

दूतावासले कम्बोडियामा अलपत्र परेका अन्य नेपालीको उद्धार प्रक्रिया पनि निरन्तर अघि बढाइरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?