काठमाडौं । सभामुख डीपी अर्याल सवार गाडीलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ ।
थापाथलीस्थित सडकमा ट्राफिक नियम उल्लङ्घन गरेको पाइएपछि सभामुखको गाडीलाई ट्राफिक प्रहरीले चिट काटेको हो ।
ट्राफिक नियम उल्लङ्घन गर्दै थापाथलीबाट सिंहदरबार पुगेको उक्त गाडीलाई ट्राफिक प्रहरीले सिंहदरबारमै पुगेर चिट काटेको जनाएको छ ।
सभामुखको गाडीसँगै अगुवा र पछुवा गरी तीन वटा सवारी साधनलाई पनि कारबाही गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया