सरकारले सार्वजनिक गरेको ‘राष्ट्रिय प्रतिवद्धता’ मा के–के छ ? [पूर्णपाठ]

लोकपथ
756
Shares

काठमाडौं । बालेन्द्र शाह ‘बालेन’ नेतृत्वको सरकारले ‘राष्ट्रिय प्रतिवद्धता’ सार्वजनिक गरेको छ ।

फागुन २१ को निर्वाचनबाट निर्वाचित राष्ट्रिय मान्यताप्राप्त विभिन्न ६ राजनीतिक दलहरुको घोषणापत्र, वाचापत्र र प्रतिवद्धतापत्रका आधारमा सरकारले ‘राष्ट्रिय प्रतिवद्धता’ सार्वजनिक गरेको हो ।

यसअघि सरकारले सार्वजनिक गरेको शासकीय सुधारसम्बन्धी एक सय कार्यसूचीको बुँदा नं ३ मा टेकेर उक्त प्रतिवद्धता सार्वजनिक गरिएको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।

साथै सबै राजनीतिक दलहरुलाई आगामी वैशाख १० गतेभित्र त्यसमा रायसुझाव माग गरिएको छ ।

सरकारले उक्त प्रतिवद्धामार्फत् ‘आर्थिक क्षेत्रको सुधार’, ‘कृषि पेसाको सुधार र आत्मनिर्भरता’, ‘पर्यटन तथा नागरिक उड्डयन’, ‘उर्जा विकास तथा उपयोग’ लगायतका समग्र विषयलाई समेटिएको छ ।

प्रतिवद्धता अनुसार सरकारले रोजगारीलाई समेत प्राथमिकता दिएको छ । बुँदा नं ७ मा ‘समृद्धिको आधार रोजगारी’ शीर्षकमा नेपालीहरुलाई कसरी रोजगार बनाउन सकिन्छ भन्ने परिकल्पना गरिएको छ ।

‘नेपालमै बसेर विदेशी कम्पनी, निकाय वा रोजगारदाताका लागि काम गर्न पाउने व्यवस्था सुनिश्चित गर्न कानुनी र नीतिगत संशोधन गरी रिमोट वर्क, डिजिटल रोजगारी तथा सीमापार सेवा निर्यातलाई बढवा दिइनेछ । प्राथमिकता प्राप्त क्षेत्र (सूचना प्रविधि, निर्माण, पर्यटन, व्यवसायिक कृषि आदी’ मा नीतिगत सुधार गरी रोजगारीका थप अवसरहरु सिर्जना गरिनेछ,’ बुँदा नं ७ मा भनिएको छ ।

त्यस्तै आम नेपाली नागरिकहरुमा शिक्षा र स्वास्थ्यको सर्वसुलभ पहुँच विस्तारका लागि समेत सरकारले नीति लिएको छ । जसमा सार्वजनिक शिक्षाको गुणस्तर वृद्धिदेखि ग्रामिण र दुर्गम क्षेत्रमा स्वास्थ्य सेवा पहुँच विशेष प्राथमिकताका साथ विस्तार गरिने उल्लेख रहेको छ ।

यस्तो छ ‘राष्ट्रिय प्रतिवद्धता’ को पूर्णपाठ :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?