नयाँ वर्षको शुभकामना दिँदै ओलीले भने–‘विगतबाट सिकेर भविष्यतर्फ अघि बढौँ’

लोकपथ
119
Shares
फाइल तस्बिर

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नयाँ वर्ष २०८३ को अवसरमा शुभकामना व्यक्त गरेका छन् ।

मंगलबार फेसबुकमार्फत सन्देश दिँदै उनले बितेको वर्ष २०८२ अब इतिहास बनेको बताए। उनले सफलता–विफलता, अवसर–चुनौती र कमजोरी–उपलब्धिबाट सिकेर अगाडि बढ्नुपर्ने उल्लेख गरे ।

ओलीले विगतबाट सिक्दै भविष्यतर्फ अघि बढ्नुपर्नेमा जोड दिएका छन् । नयाँ वर्षले देशलाई सुरक्षित र समृद्ध बनाउने विश्वास पनि उनले व्यक्त गरे ।
उनले अनुभवी पुस्ता र युवा ऊर्जाबीच राम्रो समन्वय भए देशले सकारात्मक परिवर्तन गर्न सक्ने बताए ।

नयाँ वर्ष २०८३ ले देशमा स्थायित्व, समृद्धि र सहकार्यको वातावरण बनाओस् भन्ने कामनासहित उनले सबैलाई शुभकामना दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?