शासकीय स्वार्थ र अव्यवस्थाका कारण शिक्षा क्षेत्रको अपेक्षाकृत विकास हुन सकेन : प्रधानमन्त्री ओली

लोकपथ
133
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सिकेको ज्ञान तथा सीपलाई राष्ट्र र समाजको सेवामा इमानदारीपूर्वक लगाउन विद्यार्थीलाई आग्रह गरेका छन् ।  मंगलबार राजर्षि जनक विश्वविद्यालयको प्रथम दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो आग्रह गरेका हुन् । 

उनले प्रथम दीक्षान्त समारोह ऐतिहासिक रहेको उल्लेख गर्दैै गुणस्तरीय शिक्षा प्रदान गर्न सरकार प्रतिबद्ध रहेको बताए । शक्ति युगमा विद्धता, ज्ञान र दर्शनको छलफल हुने गरेको उल्लेख गर्दै चार हजार वर्षपछि त्यही ठाउँमा आइपुगेको बताए । शासकीय स्वार्थ र अव्यवस्थाको कारणले शिक्षा क्षेत्रको अपेक्षाकृत विकास हुन नसकेको उनको भनाइ छ । 

उनले भने, ‘यतिबेला बल्ल एउटा विश्वविद्यालय स्थापना भयो । र आज पहिलो  दीक्षान्त समारोह हामी गर्दैछौं । शक्ति युगमा यहाँ विद्वताको छलफल हुन्थ्यो, ज्ञानको छलफल हुन्थ्यो र दर्शनको छलफल हुन्थ्यो । आज हामी चार हजार वर्षपछि फेरि त्यस ठाउँतिर फर्केर आइपुगेका छौँ ।  त्यो शासकीय स्वार्थपन र अव्यवस्थाका कारणले, कु व्यवस्थाका कारणले त्यस्तो भयो । अब लोकतन्त्रमा  वास्तविक लोकतन्त्रको अभ्यास गरेर हामी यसलाई अगाडि बढाउनुपर्छ ।’

वास्तविक लोकतन्त्रको अभ्यास गरेर शिक्षा क्षेत्रको विकासलाई अगाडि बढाउनुपर्ने उनको भनाइ छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?