सुन तोलाकै १ लाख ९१ हजार रुपैयाँ

लोकपथ
308
Shares

काठमाडौं । सुनको मूल्यले नेपाली बजारमा सोमबार नयाँ कीर्तिमान बनाएको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आइतबार प्रतितोला १ लाख ८९ हजार ८०० रुपैयाँमा कारोबार भएको सुन सोमबार एक हजार दुई सय रुपैयाँ बढेर १ लाख ९१ हजार रुपैयाँ कायम भएको छ । यो मूल्य हालसम्मकै उच्च भएको महासंघको भनाइ छ । 

यसअघि बिहीबार भने सुनको मूल्य तोलामा १ लाख ९० हजार ६०० रुपैयाँ कायम भएको थियो । 

यस्तै चाँदीको मूल्य भने स्थिर रहेको छ । आइतबार तोलामा १ हजार ९६० रुपैयाँ कायम भएको चाँदीको मूल्य सोमबार पनि स्थिर रहेको हो ।   

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?