काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत सात प्रदेशबाट ३५ वर्ष उमेर समूहका ७ युवा नेता केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् ।
मंगलबार साँझ आएको अन्तिम मत परिणाम अनुसार ७ वटा प्रदेशबाट ३५ वर्ष मुनिका ७ युवा छनोट हुने व्यवस्था रहेको थियो । जसमध्ये सचिन तिमिल्सेनाले सर्वाधिक मत ल्याएका छन् । उनले ३ हजार १ सय ५६ मत प्राप्त गरेका हुन् ।
यसैगरी दोस्रोमा ईन्जिनियर अभिषेक आत्रेय र तेस्रोमा सुशील भट्ट रहेका छन् । आत्रेयले २ हजार ८ सय १४ मत प्राप्त गर्दा भट्टले २ हजार ७ सय ६३ मत प्राप्त गरेका हुन् ।
यसैगरी डा. आयुस बगालेले २ हजार ५ सय ७५, आदर्श मल्लले २ हजार ५ सय ६० मत, ईन्जिनियर रोशन बस्नेतले २ हजार २ सय ७० मत र ईन्जिनियर शैलेश मिश्रले २ हजार १ सय ३२ मत प्राप्त गरेका हुन् ।
७ प्रदेशबाट ३५ वर्ष भन्दा कम उमेर समूहका ७ जना निर्वाचित हुने व्यवस्था रहेकोमा उक्त पदका लागि १५ जना आकांक्षी रहेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया