भाषाविद् चूडामणि गौतमको निधन

लोकपथ
378
Shares

काठमाडौं । लेखक चूडामणि गौतमको निधन भएको छ । उनको ८२ वर्षको उमेरमा मेडासिटी अस्पतालमा निधन भएको हो । 

फोक्सोमा पानी जमेर सोही अस्पतालमा उपचारकै क्रममा उनको सोमबार साँझ निधन भएको हो । 

गौतमले लेखेको अंग्रेजी भाषाको ग्रामर प्रख्यात छ। उक्त अंग्रेजी ग्रामर २०३७ सालमा प्रकाशित भएको थियो ।  

अंग्रेजी भाषालाई पृष्ठभूमि बनाएका गौतमले पछिल्लो समय नेपाली भाषामा पनि योगदान गरे।

 गौतमले ०७९ भदौ ११ गते ‘बृहत्तर नेपाली शब्दकोश’ विमोचन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?