ललितपुर महानगरले चलायो वडा कार्यालयसहित संरचनामा डोजर

लोकपथ
84
Shares

काठमाडौं । ललितपुर महानगरपालिकाले लगनखेलका विभिन्न अवैध संरचनामा डोजर चलाएको छ ।

महानगरले ५ नं वडा भवनसहितका विभिन्न १६ सटरहरुमा डोजर चलाएको हो । महानगर प्रमुख चिरिबाबु महर्जनको उपस्थितीमै विभिन्न संरचनामाथि डोजर चलाइएको हो । महानगरले लगनखेलमा रहेको पोखरीलाई बाहिरैबाट देखिने गरी संरचना बनाउनका लागि ती सटरहरु भत्काइएको हो ।

त्यहाँ रहेका सटर र वडा कार्यालयका कारण लगनखेलमा रहेको पोखरी छेकिएको थियो । डोजर चलाएर संरचना भत्काइएसँगै अब सडकपेटीबाटै पोखरी देखिने छ र भत्काइएको ठाउँमा बार लगाइनेछ ।

त्यहाँको भवन भत्काउने भएसँगै वडा कार्यालयको सामान भने एक महिना अघि नै त्यहाबाट हटाइएको थियो । महानगरले संचरना भत्काउँदा उड्ने धुलो नियन्त्रणका लागि पानी छ्याप्दै डोजर लगाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?