काठमाडौं । माओवादी केन्द्रका उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले प्रधानमन्त्री केपी शर्मा ओली संसद् विघटन गर्न लागि परेको आरोप लगाएका छन् ।
काठमाडौंमा आयोजित पार्टीको भ्रातृ संगठन प्रेस सेन्टरको अधिवेशनमा बोल्दै उनले यस्तो आरोप लगाएका हुन् । उनले आफू सभामुख हुँदा प्रधानमन्त्री ओलीले दुई पटक संसद् विघटन गरेको बताए ।
उनले संसद् विघटन गरेर मध्यावधि निर्वाचनमा जाने र बहुमत ल्याउने केपी ओलीको चाहना पूरा नहुने बताए । उनले सरकारले अध्यादेश ल्याएर संसद्को अपमान गर्न खोजे पनि सरकार अध्यादेशको पासोमा परेको दाबी गरे ।
उपाध्यक्ष सापकोटाले जनताको आवाज मुखरित गर्ने संसद् विगत २३ दिनदेखि सरकारले कामविहीन भएको लज्जास्पद अवस्था बनाएको आरोप लगाए ।
उनले विद्युत् प्राधिकरणका कार्यकारी अधिकृत तथा सुशासन पक्षमा काम गर्ने कर्मचारीलाई सरकारले प्रताडना दिई हटाउन खोजेको तर जनताको साथ भएकाले सरकार पछि हटेको दाबी गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया