संवैधानिक व्यवस्था अनुसार पाथिभरामा केबलकार बन्न लागेको हो, काम अघि बढ्छ : योगेश भट्टराई

लोकपथ
882
Shares

काठमाडौं । नेकपा एमालेका सांसद योगेश भट्टराईले संवैधानिक व्यवस्थाअनुसार नै ताप्लेजुङमा कबलकार निर्माणको काम अगाडि बढेको दाबी गरेका छन् ।

आइतबारको प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले सरकारले संवैधानिक व्यवस्थाअनुसार नै केबलकार निर्माणको जिम्मेवारी निजी मा संस्थालाई दिएको दाबी गरेका हुन् ।

उनले विकास निर्माणको विरोध गर्ने अधिकार सबैलाई भएपनि त्यसको सिमामा रहेर विरोध गर्नुपर्ने बताए । उनले केबलकार विरोधी समूहले शनिबार राति मसाल जुलुस गर्ने क्रममा स्थानीयको घरमा आगोको मुस्लो फाल्ने काम गरेको समेत आरोप लगाए ।

उनले भने, ‘संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारले संवैधानिक व्यवस्थाअनुसार नै ताप्लेजुङमा केबलकार निर्माण गर्न एउटा निजी संस्थालाई जिम्मेवारी दिएको छ । विरोध गर्ने अधिकार सबैलाई हुन्छ । तर विरोधका सिमा हुन्छन् सभामुख महोदय । त्यसलाई सभ्य, संयमित र शान्तीपूर्ण ढंगले अगाडि बढाउनुपर्छ भन्ने हामी सबैको मान्यता हो । तर दुर्भाग्यवस हिजो बेलुका केबुलकार विरोधी समूहबाट भएको मसाल जुलुसको क्रममा ताप्लेजुङ बजार एकदमै अशान्त भयो । सर्वसाधारणको घरमा आगो फाल्ने काम भयो । सुरक्षाको निम्ति बसिरहेका सुरक्षाकर्मीहरुमाथि सांघातिक हमला गर्ने काम भयो । थुप्रै सुरक्षाकर्मी पनि घाइते हुने स्थिति सिर्जना भएको छ । सुरक्षाकर्मीहरुको संयमताले थप गतिविधि हुनबाट रोकिएको छ । विकासको विरोधि कोही पनि छैन । धर्म र संस्कृतिको विरोधी कोही पनि छैन । धर्म र संस्कृतिलाई जब हामी व्यत्तिका निजी स्वार्थमा हामी प्रयोग गर्न थाल्छौँ । धर्म र संस्कृतिलाई जब राजनीतिका प्रवेश गराउन थाल्छौँ । त्यसले भयंकर विवादको स्वरुप लिन्छ । नेपाल जस्तो समन्वय र सककार्यकारी संघीयता भएको देशमा यस्तो परिस्थिति आउनु दुःखद हो ।’

उनले नेपालजस्तो लोकतान्त्रिक मुलुकमा यस्तो परिस्थिति निर्माण हुनु आफैँमा दुःखद भएको भन्दै वार्ताको माध्यमबाट समस्या समाधान गर्नुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?